सुदूरपश्चिम सरकारले बजेट ल्याउँदै – Nepal Press

सुदूरपश्चिम सरकारले बजेट ल्याउँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउने भएको छ । बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट ल्याउन लागिएको सरकारले जनाएको छ ।

यसअघि एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको प्रदेश सरकारले असार १ गते चालू आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको थियो । प्रदेशसभाबाट बजेट पारित नहुँदै सोडारी नेतृत्वको सरकार ढलेपछि बजेट प्रदेश सभामा अलपत्र परेको थियो ।

प्रदेश सरकारले योजनाका लागि २५ लाख भन्दामाथिको सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता र औचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा पालिकालाई वित्तीय हस्तान्तरण गर्ने तय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *