इन्द्रजात्राको दोस्रो दिन हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्बिरहरू) – Nepal Press

इन्द्रजात्राको दोस्रो दिन हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्बिरहरू)

काठमाडौँ। सोमबार काठमाडौँको हनुमानढोका क्षेत्रमा सामूहिक कुमारी पूजा सम्पन्न भएको छ।

इन्द्रजात्राको दोस्रो दिन, पास्नी गरेका तर बेल विवाह नगरेका कन्याहरूको पूजा गरी कुमारी पूजा मनाइएको हो।

कुमारी पूजा गर्दा देशमा अनिष्ट नहुने, बालबालिका निरोगी हुने तथा जीवनमा आइपर्ने वाधा अड्चन हट्ने समेत धार्मिक विश्वास रहेको छ।

धार्मिक विधिपूर्वक पूजा सकिएपछि कुमारी पूजामा सरिक बालिकाहरूलाई तलेजु भवानीको दर्शन गराई हनुमान ढोका दरबारमा अवस्थित मूल चोक, नासल चोक तथा वरपर रहेका देवीदेवताको दर्शन गराई कुमारी पूजा विधिवत् रूपमा समापन गरिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *