उड्नुभन्दा ५ मिनेट पहिले देखियो बुद्ध एयरको जहाजमा समस्या – Nepal Press

उड्नुभन्दा ५ मिनेट पहिले देखियो बुद्ध एयरको जहाजमा समस्या

काठमाडौं । आज बिहान काठमाडौंबाट भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ । उड्नुभन्दा ५ मिनेट पहिले नै समस्या देखिएको हो ।

जहाज बिहान ७ बजेर १५ मिनेटमा उड्ने तयारी गरेको थियो । तर, ७ बजेर १० मिनेट जाँदा नै जहाजमा समस्या देखिएपछि जहाजको उडान रद्द भएको त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले बताए ।

उनले भने, ‘जहाज उड्नुभन्दा ५ मिनेट पहिले नै समस्या देखिएको हो । जहाजको चक्कामा समस्या देखिएको थियो । जहाजको यात्रु ओरालेर जहाज मर्मतको काम भइरहेको छ ।’

बुद्ध एयरको ९ एन–एआईटी जहाजमा समस्या देखिएको हो । सो जहाज बिग्रिएपछि केही समय अन्य आन्तरिक उडान समेत केही ढिलो भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *