असोजमा पनि घट्यो अधिकांश बैंकको ब्याजदर, २ वटाको भने बढ्यो – Nepal Press

असोजमा पनि घट्यो अधिकांश बैंकको ब्याजदर, २ वटाको भने बढ्यो

काठमाडौं । असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर घटेको छ । वाणिज्य बैंकहरूले औसतमा ०.१५ बिन्दुले ब्याजदर घटाएका छन् ।

व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर औसत ६.३८ प्रतिशत भएको छ । भदौमा ६.५३ प्रतिशत थियो । ८ वटा वाणिज्य बैंकले ब्याजदर घटबढ गरेका छैनन् । उनीहरूले भदौको ब्याजदरलाई असोजमा पनि निरन्तरता दिएका छन् ।

१० वटा वाणिज्य बैंकले भने घटाएका छन् । सरकारी स्वामित्वको नेपाल बैंक र कृषि विकास बैंकले भने असोजका लागि ब्याजदर बढाएका छन् । वाणिज्य बैंकहरूले पछिल्लो समय ब्याजदर हरेक महिना घटाइरहेका छन् ।

अझै पनि बैकिङ प्रणाली अधिक तरलताको अवस्थामा छ । तरलता व्यवस्थापन गर्न राष्ट्रिय बैंकले दिनहुँजसो बजारबाट पैसा तानिरहेको छ । कर्जा लगानी सुस्त भएर निक्षेप जति बैंकमा थुप्रिँदा त्यसको व्यवस्थापनमा नेपाल राष्ट्र बैंकलाई हम्मे हम्मे परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *