ट्रम्पलाई हत्या प्रयास गर्ने युक्रेन युद्ध पक्षधर भएको खुलासा – Nepal Press

ट्रम्पलाई हत्या प्रयास गर्ने युक्रेन युद्ध पक्षधर भएको खुलासा

काठमाडौं । युक्रेन तथा अरू अमेरिकी जनताको हितमा नहुने युद्धको विपक्षमा भएको चुनावी मुद्दा बोकेका पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हिजो भएको हत्या प्रयासका अनुहार युक्रेन युद्ध पक्षधर भएको खुलेको छ ।

रुसी विश्व च्यानल आरटीको समाचार अनुसार रायन बेस्ली रुथ नामका ती पुरुषले युक्रेनको पक्षमा युद्ध गर्न चाहेको, युक्रेनमा सैनिकहरू लान चाहेको लगायतका तथ्यहरू सार्वजनिक भएको छ । गत जुलाई १३ मा ट्रम्पलाई हत्या प्रयास भएको थियो ।

पेन्सिलभियाको बट्लर क्षेत्रमा भएको गोली प्रहारबाट उनको कानको टुप्पोमा गोलीले छोएर उनी बचेका थिए । त्यसको ठीक दुई महिनापछि फ्लोरिडाको गल्फ कोर्समा गल्फ खेल्दा ट्रम्पलाई एके-४७ बाट गोली प्रहार प्रयास भएको थियो । यो पटक पनि ट्रम्पलाई गोली भने लागेन ।

गोली प्रहार गर्ने पुरुष पक्राउ परेका छन् । उनको पक्राउ पछि सार्वजनिक भएको तस्बिर र उनका सामाजिक सञ्जाल तथा पुराना तथ्यहरू हेर्दा उनी युद्ध पक्षधर भएको पाइएको छ ।

अमेरिकामा पहिले पहिले रिपब्लिकन पार्टीलाई युद्ध पक्षधर तथा डेमोक्रेटिक पार्टीलाई विपक्षको दल भनिन्थ्यो । तर, जो बाइडेन र कमला ह्यारिस भने युद्ध पक्षधर देखिन्छन् भने ट्रम्प विपक्षी ।

युद्ध पक्षधर रिपब्लिकन पार्टीका जर्ज डब्लू बुस राष्ट्रपति हुँदाका पूर्वराष्ट्रपति डिक चेनीले कमलालाई नै समर्थन गरेको सार्वजनिक घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर