नारायणगढ-मुग्लिङ सडक दुईतर्फी सञ्चालन – Nepal Press

नारायणगढ-मुग्लिङ सडक दुईतर्फी सञ्चालन

चितवन । नारायणगढ-मुग्लिङ सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ ।

आइतबार राती करिब ७ः२० बजे इच्छाकामना गाउँपालिका-६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भासिएको थियो ।

सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो ।

रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०ः४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *