वीरगञ्जमा नयाँ शो-रुमबाट सुरू भयो पन्च ईभीको डेलिभरी – Nepal Press

वीरगञ्जमा नयाँ शो-रुमबाट सुरू भयो पन्च ईभीको डेलिभरी

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिको अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शो-रुमको उद्घाटनसँगै वीरगञ्जमा पन्च ईभीको डेलिभरी सुरू गरेको छ । साथै सोही कार्यक्रममा गाडी बुक गरेर बस्नु भएको ग्राहकलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती साथै वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रिबन काटेर कार्यक्रम उद्घाटन गरे । वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, सिप्रदी ट्रेडिङ्ग प्रालि वीरगञ्ज शाखाका प्रमुख सन्दीप गुप्तालगायतको उपस्थिति थियो ।

पन्च ईभीको रिजनल लन्च अन्तर्गत वीरगञ्जको लन्चको मौका पारेर नंया शोरुमको पनि उद्घाटन गरेको प्राइम अटो ट्रेडर्सको निर्देशक सुवोध सापकोटाले जानकारी दिए । साथै सोही कार्यक्रममा पन्च ईभी बुक गरेका ग्राहकहरूलाई डेलिभरी दिन पाउँदा हर्षित भएको बताए ।

टाटा पन्च ईभीको सुरूवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च ईभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुई सेगमेन्ट माथिको विशेषताहरू भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सीट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्लेको आनन्द लिन सकिनेछ । पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० मीमी छ भने यो गाडी BNCAP मा ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *