विहे गरेको १५ वर्षपछि श्रीमतीद्वारा बलात्कारको उजुरी, श्रीमान पक्राउ – Nepal Press

विहे गरेको १५ वर्षपछि श्रीमतीद्वारा बलात्कारको उजुरी, श्रीमान पक्राउ

काठमाडौं। बौद्धमा छोराछोरीसहित बस्दै आएकी महिलाको उजुरीपछि प्रहरीले वैवाहिक बलात्कारको आरोपमा उनका श्रीमानलाई पक्राउ गरेको छ ।

भदौ १६ गते बिहान श्रीमानले दानवीय व्यवहार गरेको भन्दै जाहेरवालाले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी बिहानको ३ बजे जाहेरवालाको कोठा पुगेर उनका श्रीमान् रमेश (नाम परिवर्तन) लाई नियन्त्रणमा लिएको थियो ।

पीडित कमला (नाम परिवर्तन)का अनुसार रमेशले मुखमैथुन गराउनुका साथै योनीमा फलामको रड छिराएका थिए ।

कमलालाई तत्कालै अस्पताल लगिएको थियो । उनी उपचारपछि घर फर्किएर रमेशविरुद्ध उजुरी दिन प्रहरीकहाँ पुगेकी थिइन् । आफूले यौन सम्पर्क राख्न नमान्दा श्रीमानले दानवीय व्यवहार गरेको पीडितको दाबी छ ।

पहिलादेखि थियो विवाद

कमला र रमेशको १५ वर्षअघि प्रेम विवाह भएको हो । उनीहरूका एक छोरा र एक छोरी छन् । रमेशले आफू काठमाडौं बाहिर बोलेरो चलाउँदै आएको र बेलाबखत कोठा आउने गरेको प्रहरीलाई बताएका छन् । उनका अनुसार कमला बेलाबखत छोराछोरीलाई कोठामा छोडेर सम्पर्क बाहिर हुने गरेकी थिइन् ।

यसबीचमा कमलाले राष्ट्रिय महिला आयोगमा पनि खान लान नदिएको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् । आयोगले छलफल गराएर उनीहरूलाई घर पठाएको थियो। कमलाले भदौको साउनको अन्तिम साता बौद्ध प्रहरीमा रमेशविरुद्ध उजुरी गरेकी थिइन् ।

कुटपिट र यातना दिएको, खान लाउन नदिएको निवेदनमा उल्लेख थियो। प्रहरीले दुवैलाई राखेर भदौ १४ गते छलफल गराएको थियो । प्रहरीमा आफूहरू मिलेर बस्ने भन्दै उनीहरू कोठा फर्किएका थिए ।

भोलिपल्ट रमेश र कमलाबीच फेरि झगडा भएपछि प्रहरी आएर उनीहरूलाई मिलाएको थियो । रमेशले कमला बिहानैदेखि हराएर दिउँसो घरमा आएपछि विवाद हुँदा उल्टै आफूले मुक्का खाएको प्रहरीलाई बताएका छन् ।

रमेशविरुद्ध ५ वर्षसम्मकै कैद सजाय माग गरी काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *