माओवादीले आज सदन अवरोध नगर्ने – Nepal Press

माओवादीले आज सदन अवरोध नगर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज सदन अवरोध नगर्ने भएको छ । केही बेरअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीको सम्बोधनमा अवरोध नगर्ने जानकारी गराएका हुन् ।

एमालेका सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई होच्याउने, अपमान गर्ने गरी हिंसा शब्द प्रयोग गरेको भन्दै माओवादीले संसद अवरोध गर्दै आएको थियो । माओवादीले ‘हिंसा’ शब्द रेकर्डबाट हटाउनुपर्ने माग भने कायमै राखेको छ ।

पाण्डेले भने, ‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौं । तर, प्रधानमन्त्री बाहिर भ्रमणमा जाने बिषयमा सदनलाई जानकारी गराउने कुरामा बाधा गर्दैनौं । हामी सभामुखको विरोधमा छैनौं । आफ्नो कुरा राखेर अवरोध हटाउँछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर