प्रतिवेदन बुझाउनुअघि शिशिर खनालले भने- सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन (भिडिओ) – Nepal Press

प्रतिवेदन बुझाउनुअघि शिशिर खनालले भने- सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन (भिडिओ)

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित छानबिन समितिका सदस्य शिशिर खनालले सहकारीको रकम अपचलनमा रास्वपा सभापति रवि लामिछानेको संलग्नता नपाइएको बताएका छन् ।

समितिले आज प्रतिवेदन बुझाउनुअघि पत्रकारसँग कुरा गर्दै उनले बाहिर सञ्चारमाध्यममा आएका कुराहरू गलत हल्ला मात्र भएको टिप्पणी गरे ।

 

खनालले भने, ‘सहकारीबाट रवि लामिछानेको नाममा कतै पनि रकम प्रवाह भएको देखिएको छैन । यही तथ्यमा टेकेर अन्तिम प्रतिवेदन बुझाउने छौँ ।’

गोर्खा मिडियामा तीन जनाको नाममा खाता रहेको विषयलाई अतिरञ्जना गरिएको उनले बताए ।

‘उहाँ गोर्खा मिडियाको प्रबन्ध निर्देशक हो । प्रबन्ध निर्देशकसहित तीन जना मिलेर खाता खोले भन्नुमा कुनै तुक छैन । यसलाई अतिरञ्जना गर्न खोजियो,’ उनले भने ।

गोर्खा मिडियामा सहकारीको रकम खर्च गरेकोमा उहाँमाथि कारबाही सिफारिस हुन्छ ? भन्ने प्रश्नमा खनालले स्पष्ट जवाफ दिएनन् ।

‘रकम आइसकेपछि पनि कस्तो उत्तरदायित्व सिर्जना हुन्छ वा हुँदैन भन्ने थप अध्ययनको विषय हुन सक्छ,’ उनले भने ।

तपाईँहरू सहमतिमै प्रतिवेदन बुझाउनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा खनालले जवाफ दिए, ‘एक छिनमा थाहा हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर