ध्रुवबहादुर प्रधानलाई प्रश्न- सहकारी घोटालामा रवि लामिछाने दोषी ठहर भएका हुन् ? (भिडिओ) – Nepal Press

ध्रुवबहादुर प्रधानलाई प्रश्न- सहकारी घोटालामा रवि लामिछाने दोषी ठहर भएका हुन् ? (भिडिओ)

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिका सदस्य ध्रुवबहादुर प्रधानले रास्वपा सभापति रवि लामिछाने समितिको पहिलो प्राथमिकता नभएको बताएका छन् । समितिले प्रतिवेदन बुझाउनुअघि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले सहकारी संकटको समाधानमाथि आफूहरू केन्द्रित रहेको बताए ।

उनले भने, ‘रवि लामिछानेजी टीओआरको पहिलो प्राथमिकता होइन । उहाँको विषय चौथो नम्बरको प्राथमिकतामा रहेको छ । हामीले सहकारी संकट समाधानका लागि व्यापक प्रयास गरेका छौं ।’

उनले लामिछाने संलग्न गोर्खा मिडियाबारे व्यापक छलफल भएको बताए । यो समिति गठन हुँदा लामिछाने गृहमन्त्री भएकाले राजीनामाको सन्दर्भसमेत रहेको तर अहिले माननीयमात्रै भएकाले उनलाई धेरै महत्व नदिइएको प्रधानको भनाइ छ ।

‘गोर्खा मिडियाको अर्थ संकलनका क्रममा सहकारीबाट रकम प्राप्त भएको देखियो । उहाँ गोर्खा मिडियाको प्रवन्ध निर्देशक भएका हिसाबले संलग्नता छ’, उनले भने ।

सहकारी रकम हिनामिनामा चैँ उहाँ दोषी हुनुहुन्छ कि हुनुहुन्न भन्ने पत्रकारको प्रश्नमा प्रधान पन्छिए ।

उनले भने, ‘अहिले मैले यति भनेँ । बाँकी कुरा अरुबाट सुन्नुस् ।’


प्रतिक्रिया

One thought on “ध्रुवबहादुर प्रधानलाई प्रश्न- सहकारी घोटालामा रवि लामिछाने दोषी ठहर भएका हुन् ? (भिडिओ)

  1. नेपाली काँङ्गे्स र एमालेका झुण्डले रबि लामीछानेलाई फसाउन खोज्दा आफ्नै भन्डाफोर भयकाले हतार हतार टुङ्ग्यायेर आफ्ना मानिस बचाउन खोज्दैछन् नालायेक हरु जति गरून् एही 84 शाल शम्म गरुुन अनि ईन्लाई तुरङ्हाल्ने दिन आउँछ जति गर्नुछ तेती बेला सम्म गर जतीगरेपनी रबि लाई फसाउन प्रमाण फेला पारेनन् नालायेकको दाउ फेलापरेन अनि नालाक हरु हुस्स परेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर