रास्वपा केन्द्रीय समिति बैठक जारी, शिशिरले के गरे ब्रिफिङ ? – Nepal Press

रास्वपा केन्द्रीय समिति बैठक जारी, शिशिरले के गरे ब्रिफिङ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा जारी रहेको छ । पार्टीको भोलिबाट सुरु हुने राष्ट्रिय भेलाका विषयमा छलफल गर्न बैठक डाकिएको हो ।

रास्वपाले भोली र पर्सी कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दुई दिने भेला आयोजना गर्दैछ । भेलामा एक हजार ५ सय जनाले सहभागिता जनाउने छन् । यही सन्दर्भमा दुई दिन अगाडि बसेको बैठकलाई आज निरन्तरता दिइएको हो । राष्ट्रिय भेलामा प्रस्तुत हुने प्रतिवेदनबारे बैठकमा छलफल भइरहेको छ ।

आजै रास्वपा सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीका लागि छानबिनका लागि गठित संसदीय समितिले प्रतिवेदन बुझाउँदैछ ।

रास्वपा बैठकमा संसदीय समितिमा पार्टीको प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य शिशिर खनाल केहीबेर उपस्थित भएका थिए । उनले संसदीय समितिले बनाएको प्रतिवेदनबारे ब्रिफिङ गरे ।

स्रोतका अनुसार खनालले प्रतिवेदनबारे मिडियामा आएका समाचारहरू तथ्यपरक नभएको जानकारी दिएका थिए ।

खनालका अनुसार प्रतिवेदनमा सभापति लामिछानेले कुनै पनि सहकारीको रकम अपचलन गरेको भनेर निष्कर्ष निकालिएको छैन ।

उनले भने, ‘सहकारीबाट रकम उहाँले निकाल्नुभएको होइन । मिडियामा आएको रकम खर्च गर्नुभएको हो । त्यहाँ प्रबन्ध निर्देशक भएको हिसाबले उहाँको हस्ताक्षर चल्नु स्वभाविक हो ।’

बदनाम गराउनकै लागि यदि लामिछानेलाई कारबाही सिफारिस गर्न खोजिएमा आफूले असहमति जनाउने उनले जानकारी गराएका थिए । माओवादी र राप्रपाबाट पनि साथ पाउने आशा उनले व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर