सदनमा माओवादीको जिकिर- जनयुद्धलाई हिंसा भन्नु विस्तृत शान्ति सम्झौता र संविधानविपरीत – Nepal Press

सदनमा माओवादीको जिकिर- जनयुद्धलाई हिंसा भन्नु विस्तृत शान्ति सम्झौता र संविधानविपरीत

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनयुद्धलाई हिंसा भन्दै विस्तृत शान्ति सम्झौता र संविधानविपरीत नेकपा एमालेका सांसद योगेश भट्टराईले अभिव्यक्ति दिएको बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

जनयुद्धलाई विस्तृत शान्ति सम्झौता, संविधानले सशस्त्र संघर्ष भनेर चिन्ने उनले बताए ।

सांसद बस्नेतले भने, ‘जनयुद्धलाई माओवादी हिंसाको रुपमा चित्रण गर्ने कोसिस भए, यो राजनीतिक मूल्य, नैतिकता र संवैधानिक निष्ठाको दृष्टिले अनुपयुक्त छ ।’

सांसद भट्टराईले जनयुद्धलाई अपमान र लाञ्छित गरेको उनले जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर