सुँडे पुतलीले जुनारको रस खाएपछि किसान मर्कामा परेको भन्दै सांसद थिङले गराइन् ध्यानाकर्षण (भिडिओ) – Nepal Press

सुँडे पुतलीले जुनारको रस खाएपछि किसान मर्कामा परेको भन्दै सांसद थिङले गराइन् ध्यानाकर्षण (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुशीला थिङले सिन्धुलीमा लगाइएको जुनार खेतीमा सुँडे पुतलीको आतंक भएको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै करिब ४० करोड आम्दानी गर्ने किसानलाई अहिले मर्का परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद थिङले भनिन्, ‘तर यसपालि जुनारमा राति सुँडे पुतली आएर रस चुस्ने जुनार कुहिएर झर्ने भएपछि किसान चिन्तित भएका छन् । उत्पादन घट्नेछ । त्यो पुतली नियन्त्रण अझै भएको छैन । केन्द्रबाट कृषि विज्ञ खटाउनुपर्छ ।’

उनले किसानको क्षति विवरण एकिन गरी राहतको व्यवस्था गर्न माग गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *