४० सहकारीको ८७ अर्ब अपचलन भएको संसदीय समितिको ठहर – Nepal Press

४० सहकारीको ८७ अर्ब अपचलन भएको संसदीय समितिको ठहर

जीबी राईले गोर्खा मिडियामा सहकारीबाट ६७ करोड रूपैयाँ भित्र्याएको पुष्टि

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिले प्रतिवेदन टुंग्याएको छ । प्रतिवेदनमा देशभरका ४० वटा सहकारीबाट ८७ अर्ब रूपैयाँ अपचलन भएको निष्कर्ष निकालिएको एक सदस्यले जानकारी दिए ।

समितिले साढे तीन महिना लगाएर अध्ययन-अनुसन्धान गरेको हो । आजको वैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिएर संसदमा बुझाउन लागिएको छ । प्रतिवेदनमा समितिका सबै सदस्यले हस्ताक्षर गरेका छन् । प्रतिवेदनमा १८ वटा परिच्छेदहरु रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न रहेको गोर्खा मिडियामा सहकारीबाट आएको रकमबारे पनि विस्तृत अध्ययन समितिले गरेको छ । स्रोतका अनुसार सहकारीबाट गोर्खा मिडियामा ६७ करोड रूपैयाँ भित्रिएको थियो । उक्त रकम भित्र्याउन जीवी राईलाई एकल जिम्मेवार ठहर्‍याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *