सहकारी ठगीमा रविलाई क्लीन चिट- गोरखा मिडियाबाट खर्च गरे/गराएकोमा कारवाही सिफारिस* – Nepal Press

सहकारी ठगीमा रविलाई क्लीन चिट- गोरखा मिडियाबाट खर्च गरे/गराएकोमा कारवाही सिफारिस*

गोर्खा मिडियामा आएको रकम टेलिभिजन सञ्चालनका लागि खर्च गरेको मात्र पुष्टि

काठमाडौं । संसदीय छानविन समितिले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा क्लीन चीट दिएकाे छ । तर सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्नमा संलग्न रहेको भन्दै कारवाही सिफारिस गरेकाे छ ।

प्रतिवेदनका सुझाव तथा सिफारिस खण्डमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको वचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्कमा प्रालीको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरु अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनमिा साझेदारका रुपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारवाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’

समिति सदस्यका अनुसार रवि आफैंले सहकारीबाट रकम निकालेको भने कुनै पनि प्रमाण भेटिएको छैन । गोर्खा मिडियामा सहकारीबाट ६७ करोड रुपैयाँ आएको र सो रकम ल्याउन जीवी राई मुख्य जिम्मेवार रहेको ठहर गरिएको छ ।

गोर्खा मिडियामा आएको रकम प्रवन्ध निर्देशक लामिछानेसहित तीनजनाको हस्ताक्षर चल्नेगरी खाता खोलिएको थियो । उनीहरुमध्ये एकजनाको हस्ताक्षरमा पैसा निकाल्ने सकिने व्यवस्था थियो ।

स्रोतका अनुसार ६७ करोडमध्ये ठूलो हिस्सा टेलिभिजनका कर्मचारीको तलवभत्तामा खर्च भएको छ । टेलिभिजनमा प्रवन्ध निर्देशक भएकाले रविले नै अधिकांस चेकमा हस्ताक्षर गरेका थिए ।

‘रविले सहकारीको रकम निकालेर व्यक्तिगतरुपमा हिनामिना गरेको भेटिएन’ एक सदस्यले भने ।

(केही तथ्य फरक परेकाले हेडलाइन र समाचारमा संसाेधन गरिएकाे छ । पाठककाे असुविधाका लागि क्षमाप्रार्थी छाैं ।सम्पादक)

 


प्रतिक्रिया

One thought on “सहकारी ठगीमा रविलाई क्लीन चिट- गोरखा मिडियाबाट खर्च गरे/गराएकोमा कारवाही सिफारिस*

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर