भन्सार एजेन्ट महासंघ र राष्ट्रिय भन्सार एजेन्ट परिषद्काे एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा प्राचीनकुमार थैब – Nepal Press

भन्सार एजेन्ट महासंघ र राष्ट्रिय भन्सार एजेन्ट परिषद्काे एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा प्राचीनकुमार थैब

काठमाडौं । भन्सार एजेन्ट महासंघ नेपाल र राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालको एकता महाधिवेशन भएको छ । एकता महाधिवेशनले प्राचीनकुमार थैबको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा काशीराज उपाध्याय, प्रथम उपाध्यक्ष विष्णुमणि खनाल उपाध्याय, द्वितीय उपाध्यक्ष शिशिरबहादुर गौ, तृतीय उपाध्यक्ष समीर विष्ट, महासचिव भोलानाथ अर्याल, सचिव माधवनाथ सापकोटा र प्रवीण जोशी, कोषाध्यक्षमा असीम न्यौपाने निर्वाचित भएका छन् ।

दुई जना मनोनीत हुने गरी आठ जना कार्यसमिति सदस्यहरूमा होमनाथ धमला, गुडिया पौडेल, सन्तोष पोखरेल, उमेश घिमिरे, निशान गौतम, नवीन महतो, सोमनाथ खडाल र सुदीप कार्की रहेका छन् ।

थैबको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा महासचिव, उपाध्यक्ष र ३ सदस्य गरी पाँच जना राष्ट्रिय भन्सार एजेन्ट परिषद्बाट प्रतिनिधित्व गर्ने गरी भन्सार एजेन्ट महासंघ नेपालको नयाँ कार्य समिति गठन भएको हो ।

नवनिर्वाचित अध्यक्ष थैवले बृहत् एकता सहमतिअनुसार मनोनीत गरिने २ जना सदस्यमा भन्सार एजेन्ट महासंघ र राष्ट्रिय भन्सार एजेन्ट परिषद्बाट एक–एक सिफारिस हुने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *