सांसदहरूलाई प्रधानमन्त्री ओलीको आग्रह- सभ्य नेपाली समाजबाट छानिएका प्रतिनिधि हौं, बोल्दा विचार गरौं (भिडिओ) – Nepal Press

सांसदहरूलाई प्रधानमन्त्री ओलीको आग्रह- सभ्य नेपाली समाजबाट छानिएका प्रतिनिधि हौं, बोल्दा विचार गरौं (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई सदनमा बोल्दा भाषमा ध्यान दिन आग्रह गरेका छन् ।

 

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानुअघि प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै उनले जनताले आफ्नो प्रतिनिधिको व्यवहार नजिकबाट हेरिरहेको हुने बताए ।

उनले भने, ‘बोलौं, आलोचना गरौं, तर भाषाको सीमा हुन्छ । हामी सभ्य नेपाली समाजका छानिएका प्रतिनिधि हौं । हाम्रा क्रियाकलाप र बोली-व्यवहारमा समाजले एउटा नमुनाको रुपमा लेओस् । अभिव्यक्तिमा त्यो खोज्लान् जनताले ।’

प्रधानमन्त्री ओलीले महासभामा नेपालको शिर ढल्नेगरी कुनै काम नगर्ने भन्दै सांसदहरुलाई ढुक्क रहन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर