सहकारी ठगीबारे सभापति थापाको निष्कर्ष- विवाह, अंशबन्डादेखि ऋणी र शेयर सदस्य समेत ‘फेक’ छन् (भिडिओ) – Nepal Press

सहकारी ठगीबारे सभापति थापाको निष्कर्ष- विवाह, अंशबन्डादेखि ऋणी र शेयर सदस्य समेत ‘फेक’ छन् (भिडिओ)

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले सहकारी ठगीमा विवाह, अंशबन्डादेखि ऋणी र शेयर सदस्य समेत ‘फेक’ रहेको बताएका छन् ।

 

प्रतिनिधिसभाको बैठकमा प्रतिवेदन बुझाउने क्रममा बोल्दै सबैको साझा प्रयासले नै सहकारी क्षेत्रको पुनरउत्थान हुने बताए ।

उनले भने, ‘सहकारी क्षेत्रले नक्कलीको बिगबिगी खेपिरहेको छ । यहाँ विवाह, अंशबन्डा, पुनर्विवाह पनि फेक गरिएको छ । लेखापरीक्षण प्रतिवेदन फेक छन्,कार्य प्रणाली पनि फेक छन् । साधारणसभा, प्रतिवेदन पनि फेक छन् । सेयर सदस्य फेक बनाइन्छन् । ऋणी फेक छन् । यतिसम्मकी गायक रामकृष्ण ढकालसमेत फेक ऋणीका रुपमा पीडित हुनुभएको छ । ‘

उनले सहकारी क्षेत्रको समस्या समाधान गर्नको लागि सबै दलको साझा धारणा बनेको समेत बताए ।


प्रतिक्रिया

One thought on “सहकारी ठगीबारे सभापति थापाको निष्कर्ष- विवाह, अंशबन्डादेखि ऋणी र शेयर सदस्य समेत ‘फेक’ छन् (भिडिओ)

  1. सहकारीको मुख्य समस्या यो हो र यसको समाधान विवेकशील नियमनबाट मात्र सम्भव छ । समग्र देशको ध्यान यसमा केन्द्रित हुनुपर्नेमा दलालहरू रविको पछि लागेका छन् । एक दुई वटा दलाल मिडियाको त खेति नै यहि छ । नेपाल बिगार्ने र गुण्डाजसरी पैसा असुल्ने ती मिडियाका लेख कसैले पत्याएका छैनन । अब ती १२ भाइलाई सुध्रन चेतावनी दिउँ सबैले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *