उपसभामुख हटाइने चर्चाबारे प्रधानमन्त्री- विषय उठान नै भएको छैन, किन छलफल चलेको हो ? (भिडिओ) – Nepal Press

उपसभामुख हटाइने चर्चाबारे प्रधानमन्त्री- विषय उठान नै भएको छैन, किन छलफल चलेको हो ? (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलमा नै नआएको कुरालाई लिएर समाचार बनायएको भन्दै सञ्चारमाध्यमप्रति असन्तुष्टि प्रकट गरेका छन् । उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी गरिएको समाचारहरुप्रति लक्ष्यित गर्दै उनले असन्तुष्ट जनाएका हुन् ।

 

आज संसद बैठकलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले उपसभामुखको नाम नलिइकन उक्त सन्दर्भमा चर्चा गरे । विषय उठान नै नभएको कुरालाई लिएर आफूमाथि अनेक लाञ्छना लगाइएको उनको गुनासो छ ।

प्रधानमन्त्रीको अभिव्यक्ति यस्तो थियोः

अराजकता डेमोक्रेसी होइन । म २०१९ मा डाभोस इकोनोमिक समिटमा जाँदा साइडलाइनको भेटघाटमा न्यूयोर्क टाइम्सका पत्रकारले प्रस स्वतन्त्रता र वाक स्वतन्त्रताको बारेमा सोध्नुभएको थियो । मैले त्यहीँ भनेको थिएँ कि पत्रकारिता स्वतन्त्र छ, तर पित पत्रकाररिता, झूटो पत्रकारिता, समाजमा वेठिक कुरा फैलाउने पत्रकारिताबारे अलिकति सोधिखोजि गर्नै पर्छ ।

झूटा कुराको खेति गरेर समाजको सम्वन्ध बिगार्ने, मान्छेका परिवार र सम्वन्ध विगार्ने, अरुका पर्सनल इस्यूहरुलाई पनि खोजेर, उछालेर नभएका कुराहरु पनि जोडिजोडिकन यसप्रकारका क्रियाकलापहरु गर्नु उचित हुँदैन ।

अर्को कुरा, म सबैलाई सभामुख महोदयमार्फत भन्न चाहन्छु । उठ्दै नउठेका कुराहरुमा, प्रस्तावै नआएको कुरामा छलफल कसरी चलेको हो मैले बुझेको छैन । प्रस्ताव पनि आएको छैन, छलफल पनि भएको छैन, कसैले विषय पनि उठान गरेको छैन । उठानै नगरेका विषयमा उत्पातै भो त । हेरिराख्याथेँ के भएको होला । उठाएकै छैन ।

कसैले उठाएको विषयमा, आजै थुप्रै विषय उठेका छन्, त्यो विषयमा कसैले के हो भनेर छलफल गर्यो, के गर्यो भने त्यो छलफल पनि संसदमा आएर भएको होइन, कहीँ कसैले कुरा गरे अरे भनेको सुन्दा, के कुरा गर्याथ्यो किन यस्तो कुरा गर्यो, संसदमा कुरा उठ्छ, के विषय भनेर, छलफलमा यसो के रहेछ भनेर सोध्न पनि नपाउनु ? अनि साम्प्रदायिक कुरा, लैंगिक कुरा उछालेर गालीगलौजका भाषाहरु । बोलौं, आलोचना गरौं तर भाषाको सीमा हुन्छ । हाम्रा बोलीव्यवहारमा समाजले नमूनाको रुपमा खोज्ला नि प्रतिबिम्ब ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर