बर्खे अधिवेशनको ५३ दिन : २०६ घण्टा २५ मिनेटमा के-के भयो (पूर्णपाठ) – Nepal Press

बर्खे अधिवेशनको ५३ दिन : २०६ घण्टा २५ मिनेटमा के-के भयो (पूर्णपाठ)

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बर्खे अधिवेशन आज मध्यरातिबाट अन्त्य हुँदैछ । गत वैशाख २८ गतेबाट प्रारम्भ भएको चौथो अधिवेशन आजसम्म १३० दिन चालू रहेको संसद सचिवालयले जनाएको छ । योबीचमा भएगरेका संसदीय गतिविधिबारे सभामुख देवराज घिमिरेले आजको बैठकमा संक्षिप्त जानकारी गराएका छ्न् ।

जसअनुसार ५३ दिनमा ५६ पटक बैठक बसेर २०६ घण्टा २५ मिनेट संसदीय काम कारवाहीमा बितेको छ । यस अवधिमा संयुक्त बैठक दुई पटक बसी ३ घण्टा ५५ मिनेट समय व्यतित गरिएको छ ।

यस अधिवेशनमा प्रतिनिधिसभामा ८ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भयो । जसमध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएका छन् भने ३ वटा विधेयक समितिमा विचाराधीन छन् ।

राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा प्राप्त “सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१” सम्बन्धित समितिमा विचाराधीन रहेको छ । साथै अघिल्ला अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त १० वटा विधेयकहरु मध्ये ४ वटा विधेयकहरु पारित गरी फिर्ता पठाइएको छ, “विधायन विधेयक” सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश भएको छ भने ४ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन अवस्थामा रहेका छन् भने राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक सभामा प्रस्तुत मात्र भएको छ ।

हेर्नुस् प्रतिनिधिसभाको चौथो अधिवेशनमा भएगरेका काम कारवाहीको विवरण


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर