पाँचथरमा दुई बालबालिकाको निधन भयो, बम विष्फोटबाट भन्न मिल्ने हो कि होइन यहाँ त अप्ठेरो छ : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

पाँचथरमा दुई बालबालिकाको निधन भयो, बम विष्फोटबाट भन्न मिल्ने हो कि होइन यहाँ त अप्ठेरो छ : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको बम विस्फोटबाट भएको भनेर भन्न मिल्ने हो कि होइन भन्दै आफू अप्ठेरोमा परेको भन्दै माओवादीतर्फ व्यंग्य गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 

‘प्राकृतिक विपत्ति पनि होइन । पाँचथरमा २ जना बालबालिकाको निधन भयो । अहिले त्यति भनौ । कसरी निधन भयो भनेर पछि कुरा गरौंला । बम बिस्फोटबाट भन्न मिल्ने को कि नमिल्ने हो । यहाँ त अन्यौल भइरहेको छु’, उनले भने, ‘तर म बिस्फोटबाट २ बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दछु । उहाँको परिवारजनलाई सरकारले ५–५ लाखका दरले क्षतिपूर्ति दिने र २ जना घाइतेको उपचारको जिम्मा सरकारले लिने त्यो पनि यस गरिमामय संसदलाई सभालाई सम्माननीय सभामुख महोदयमार्फत जानकारी गराउन चाहान्छु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर