कांग्रेसको प्रतिक्रिया- रविले क्लीन चिट पाएका होइनन्, गोर्खा मिडिया नै सहकारी ठगेको पैसाबाट चलेको पुष्टि (भिडिओ) – Nepal Press

कांग्रेसको प्रतिक्रिया- रविले क्लीन चिट पाएका होइनन्, गोर्खा मिडिया नै सहकारी ठगेको पैसाबाट चलेको पुष्टि (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेले सहकारी प्रकरणमा क्लीन चिट पाइनसकेको बताएको छ ।

आज सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदन सदनमा पेश भएपछि संसद भवन बाहिर प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले गोर्खा मिडिया नै सहकारी ठगेको पैसाबाट चलेको पुष्टि भएको जिकिर गरे ।

उनले गोरखा मिडियाको सीईओ भएर रवि लामिछानेले सहकारी ठगीबाट आएको पैसाको तलबभत्ता खाएको पुष्टि भएकाले दोषी हुँदै होइनौं भनेर घोषणा गर्नु गैरजिम्मेवारपूर्ण भएको बताए ।

महतको भनाइ यस्तो थियो

प्रतिवेदनको सम्पूर्ण कुरा आइसकेको छैन । सूर्य थापाले संक्षिप्त पढ्नुभो तपाईँहरूले लाइभ सुन्नुभयो । गोर्खा मिडिया प्रालिले ८५ करोड रूपैयाँ सहकारीबाट लिएको छ । अन्य कहीँबाट पनि लिएको छैन । गोरखा मिडिया नै सहकारीको पैसाबाट चलेको रहेछ भनेर त्यहीँ भन्नुभो । र, गोरखा मिडियाको सीईओ भएर रवि लामिछाने बस्नुभएको थियो । सहकारीकै पैसाबाट उहाँको तलबभत्ता चलेको रैछ । उहाँ जिम्मेवारी तहमा बस्दा सहकारीबाटै पैसा आएको रछ ।

लिनै नहुने, लिनै नमिल्ने पैसा लिएर उहाँले तलबभत्ता खानु भएको छ । तैपनि हामी दोषी हुँदै होइनौं भनेर घोषणा गर्दै हुनुन्छ भने त्योभन्दा गैरजिम्मेवारपूर्ण कुरा के हुन सक्छ ?

उहाँको स्पेसिफिक संलग्नता चाहिँ डिटेलमा आउला । संक्षिप्त प्रतिवेदनमै गोरखा मिडिया सहकारीबाट चलेको भनेपछि यसबाटै जज गर्नुस् को दोषी छ भनेर ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर