सुदूरपश्चिममा बजेट प्रस्तुत नगर्दै प्रतिपक्षको विरोध – Nepal Press

सुदूरपश्चिममा बजेट प्रस्तुत नगर्दै प्रतिपक्षको विरोध

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको सोमबारको बैठक अवरुद्ध भएको छ । प्रतिपक्ष दलले नाराबाजी भएपछि सभामुख भीमबहादुर भण्डारीले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

सरकारले संशोधित बजेट ल्याउन खोजेपछि प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्यहरुले नाराबाजी गरेका थिए ।

नाराबाजी अघि माओवादीका उपनेता अक्कलबहादुर रावलले संविधान अनुसार अहिले सरकारले बजेट ल्याउन नमिल्ने भन्दै विरोध जनाएका थिए । उनले संविधानको कुन धारा अनुसार बजेट ल्याउन खोजिएको भन्दै सरकारको आलोचना गर्दै विरोध जनाएका थिए ।

मुख्यमन्त्री कमलबहादुर शाहको सरकारले आज संशोधित बजेट ल्याउन कार्यतालिका छ ।

असार १ गते तत्कालिन मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सरकारले बजेट ल्याएको थियो तर सङ्घीय सरकारमा परिवर्तन आएपछि सुदूरपश्चिममा पनि सोडारीको सरकारले बजेट पास गराउन सकेको थिएन ।

बजेट पास नहुँदा दुई महिनादेखि सुदूरपश्चिम बजेट बिहिन छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर