सूर्य थापाले सदनमा पेश गरेको संक्षिप्त सुझाव र सिफारिसमा के छ ? (पूर्णपाठ) – Nepal Press
सहकारी छानबिन संसदीय समिति

सूर्य थापाले सदनमा पेश गरेको संक्षिप्त सुझाव र सिफारिसमा के छ ? (पूर्णपाठ)

काठमाडौं । सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितले ९ पृष्ठको संक्षिप्त सुझाव र सिफारिस प्रतिनिधिसभामा पेश गरेको छ । समितिले सर्वसम्मत् तयार पारेको प्रतिवेदन समिति सभापति सूर्य थापाले सभामुखलाई बुझाए ।

उक्त प्रतिवेदन कार्यान्वयनका लागि सभामुखले सरकारलाई निर्देश गरिसकेका छ्न् ।

समितिले गोरखा मिडिया नेटवर्क प्रालिमा रकम प्रवाह गर्ने सबै सहकारीका सञ्चालक एवम् निर्णय प्रक्रियामा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरेको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘सहकारी कानूनविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा रकम प्रवाह गर्ने सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड काठमाडौं, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड चितवन र सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगञ्जका सञ्चालक एवं निर्णयप्रक्रियामा संलग्न सबैलाई कानून बमोजिम कारबाहीका लागि सम्बन्धि निकायमा पठाउन नेपाल सरकारलाई सिफारिस गर्ने ।’

संसदीय छानबिन समितिले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा क्लीन चीट दिएको छ । तर, सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्नमा संलग्न रहेको भन्दै कारवाही सिफारिस गरेको छ ।

प्रतिवेदनका सुझाव तथा सिफारिस खण्डमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको वचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्कमा प्रालीको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरु अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनमिा साझेदारका रुपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारवाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *