एमाले कोशीको सचेतकमा ललिता चौधरी नियुक्त – Nepal Press

एमाले कोशीको सचेतकमा ललिता चौधरी नियुक्त

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको सचेतकमा प्रदेशसभा सदस्य ललिताकुमारी चौधरी मनोनयन भएकी छन् ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको २०८१ भाद्र २९ गतेको निर्णयले संसदीय दलको विधानको दफा १० बमोजिम चौधरीलाई सचेतकमा मनोनीत गरिएको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए ।

सचेतकमा मनोनीत चौधरीलाई संसदीय दल, संसदीय दलको मार्ग निर्देशन तथा प्रमुख सचेतकको सल्लाह तथा परामर्शमा आफ्नो जिम्मेवारी पूरा गर्न मनोनयन-पत्रमा भनिएको छ ।

यसअघि सचेतकमा कमला दर्नाललाई मनोनीत गरिएको थियो । दर्नाल न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा निर्वाचित भएपछि उनको ठाउँमा चौधरीलाई मनोनीत गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर