युवा-विद्यार्थीहरुलाई घृणा अभिव्यक्तिविरुद्ध शान्तिको पक्षमा सबल बनाउँदै नेपाल स्काउट – Nepal Press

युवा-विद्यार्थीहरुलाई घृणा अभिव्यक्तिविरुद्ध शान्तिको पक्षमा सबल बनाउँदै नेपाल स्काउट

काठमाडौं । युवा-विद्यार्थीहरुलाई घृणा फैलाउने अभिव्यक्ति तथा डिजिटल हिंसालगायतका विषय रोकथाम गर्न तथा शान्तिको पक्षमा उभिन सहजीकरण गरिरहेको छ ।

फिनल्याण्डको विदेश मन्त्रालयको आर्थिक सहयोग तथा नेपाल स्काउट र गाइड्स एण्ड स्काउट्स अफ फिनल्याण्डको सहकार्यमा सञ्चालन भएको कार्यक्रम ‘स्काउट्स, शान्ति र सुरक्षा’ अन्तर्गत यस्तो गरिएको परियोजना अधिकृत प्रकृति उप्रेतीले जानकारी दिइन् ।

सन् २०१८ मा कार्यक्रमको मोटामोटी खाका तयार भए पनि सन् २०२३ बाट २०२५ सम्म परियोजना सञ्चालन हुने उप्रेतीले बताइन् ।

उनका अनुसार कार्यक्रममा तीन खालका कुरामा जोड दिइन्छ । एक- घृणा अभिव्यक्तिको प्रतिरोध, दुई- द्वन्द्व व्यवस्थापन र दक्षता विकास तथा तीन- जीवनोपयोगी सीप विकास ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को संकल्प प्रस्ताव २२५० युवा, शान्ति र सुरक्षाको आधारमा रहेर कार्यक्रम तय भएको हो, जसमा स्काउट्सको शैलीमा कार्यक्रमहरु गरिन्छन् ।

तालिम दिने आवश्यक जनशक्तिको तालिम र उनीहरुले लक्षित स्काउट्समा जोडिएका विद्यार्थी तथा युवाहरुलाई तालिम दिने उप्रेतीले बताइन् । कार्यक्रममा तालिमको शैली भने टाइम आउट फाउन्डेसनको आधारमा तय हुन्छ ।

यो परियोजनाले लोकतान्त्रिक अभ्यास, समावेशितालगायतका विषयमा जोड दिइने र त्यसमा ६ देखि २५ वर्ष उमेर समूहका विद्यार्थी तथा युवाहरु सहभागी हुन्छन् । शान्ति कार्यको लागि ३० पेजको एक कार्य पुस्तिकामा आधार भएर कार्यक्रम हुने उप्रेतीले बताइन् ।

अहिले सात प्रदेशमा दशका दरले ७० परियोजनाका कार्यक्रम हुँदै आएको र आयोजकहरु १८ देखि ३० वर्ष उमेर समूहका हुने उनले बताइन् । परियोजनाको एकमुष्ट रिपोर्ट सन् २०२५ को ‘२२५० लन्च इभेन्ट’मा सार्वजनिक हुने उनले बताइन् ।

नेपाल स्काउट २००९ मा स्थापना भएको सामाजिक संस्था हो । नेपाल स्काउटको सन् २०२३/२४ को प्रतिवेदनअनुसार यसका सदस्य संख्या १ लाख १७ हजार ४८० रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *