एमाले निकट प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा बाबुराम सापकोटा चयन – Nepal Press

एमाले निकट प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा बाबुराम सापकोटा चयन

आबुधावी । नेकपा एमाले समर्थित प्रवासी नेपाली मञ्च यूएईको नयाँ नेतृत्व चयन भएको छ । मञ्चको आइतबार आबुधावीमा सम्पन्न सातौं महाधिवेशनले लमजुङका बाबुराम सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

२९ सदस्यीय नवगठित कार्यसमितिको उपाध्यक्षमा बाराका गोकुल कुइँकेल, लमजुङका विष्णुलाल श्रेष्ठ, सचिवमा रुकुम पूर्वका नारायण केसी, उपसचिवमा काठमाडौंका रमुना बस्नेत र सुमन भण्डारी तथा बाग्लुङका विज्ञान रेग्मी निर्वाचित भएको मञ्चले जनाएको छ ।

सदस्यहरुमा शिवजङ गुरुङ, कमल सुब्बा, नवतारा खरेल, मुक्ति गुरुङ, अर्जुन गौली, धर्मराज पाण्डे, टीकाराम थापा चुनिएका छन् । त्यस्तै सदस्यहरुमै दीपक थापा, मञ्जु शाही, चिन केसी, सुशीला भट्टराई, सुरज भुसाल, कमल लामा, विपीन ढकाल, आइता गुरुङ, द्रोणराज ढकाल, प्रेमबहादुर अधिकारी, कविता पुन, मेघराज कँडेल, घनश्याम भण्डारी, सुन्दर पाठक र सविन बराल रहेका छन् ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यमा भएको यूएई मञ्चको सातौं अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिमा मञ्चकै अर्को समूहले असन्तुष्टि जनाएको छ । सो समूहले सामाजिक सञ्जालमार्फत महाधिवेशनलाई पारिवारिक क्लबको संज्ञा दिँदै आपत्ति जनाएको हो ।

यूएईमा रहेको प्रवासी मञ्चमा एउटा समूह नेकपा फुट अघिदेखि असन्तुष्ट देखिएको थियो । उक्त समूहको असन्तुष्टिकै बीच यसअघि निर्धारण गरिएको महाधिवेशनसमेत स्थगन भएको थियो ।

पार्टीको संस्थापन पक्ष तथा इतर समूहबीचको बेमैलका कारण प्रवासी मञ्च यूएई लामो समयदेखि नेतृत्वविहीन अवस्थामा थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर