मेटमणिको अभिव्यक्तिमा झलनाथको आक्रोश- यो नेपाली सांसद बोल्दैछ कि भारतीय नागरिक ? – Nepal Press

मेटमणिको अभिव्यक्तिमा झलनाथको आक्रोश- यो नेपाली सांसद बोल्दैछ कि भारतीय नागरिक ?

'मेटमणिको अभिव्यक्ति राष्ट्रियता विरोधी, अविलम्ब कारबाही होस्'

काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीले कालापानी, लिपुलेकका विषयमा दिएको अभिव्यक्ति घोर राष्ट्रियता विरोधी भएको भन्दै कारबाहीको माग गरेका छन् ।

उनले सोमबार साँझ विज्ञप्ति जारी गर्दै चौधरीविरुद्ध कारबाहीको माग गरेका हुन् । चौधरीको अन्तरवार्ता आफूले सुनेको र त्यहाँ दिइएको अभिव्यक्ति भारतीय नागरिक बोलिरहेको कि नेपाली भन्दै खनालले आक्रोश समेत गरेका छन् ।

यस विषयमा आम कार्यकर्ता, समर्थक र सुभेच्छकहरूमा समेत तिखो आक्रोश र विरोधको भावना उत्पन्न भएको बताउँदै उनले तत्काल कारबाही गर्नुपर्ने धारण व्यक्त गरेका छन् । ‘अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रुपमा स्थापित गर्न म पार्टी नेतृत्व पंक्ति समक्ष जोडदार माग गर्दछु’, खनालले विज्ञप्तिमार्फत माग गरेका छन् ।

 


प्रतिक्रिया

3 thoughts on “मेटमणिको अभिव्यक्तिमा झलनाथको आक्रोश- यो नेपाली सांसद बोल्दैछ कि भारतीय नागरिक ?

  1. मेटामणीले के पी ओलीलाई अचाक्ली गाली गरेर माकुनेको मन जीतिसकेका छन्। झलनाथले भनेर केहि हुने वाला छैन ।

  2. दिल्लीका एजेण्टलाई दिल्ली पठाओै । दिल्लीले अहिले मेटमणी, बालेन र विरोधलाई ओलिको विरोध गर्न खटाएको छ । जनताले थाहा पाउन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर