च्याम्पियन्स लिग एलिटमा बराबरीमा रोकियो अल नासार – Nepal Press

च्याम्पियन्स लिग एलिटमा बराबरीमा रोकियो अल नासार

हेटौँडा । एएफसी च्याम्पियन्स लिग एलिटको पहिलो खेलमा साउदी अरबको अल नासार बराबरीमा रोकिएको छ ।

भाइरल इन्फेक्सनको कारण आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना मैदानमा ओर्लिएको नासारले इराकको अल सोर्टासँग बराबरी खेलेको हो ।

बगदादको अल मदिना इन्टरनेशनल स्टेडियममा गएराति भएको खेलमा नासार र अल सोर्टा एक(एक गोलको बराबरीमा रोकिएको हो ।

खेलमा नासारले सुरुवाती अग्रता लिएको थियो १४ औँ मिनेटमा नै डिफेन्डर सुल्तान अल घानमले गोलमा सुरुवाती अग्रता लिएको नासारले अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य बन्यो ।

घरेलु टोलीले २४ औँ मिनेटमा मोहम्मद दावदको गोल मार्फत बराबरी गर्न सफल बन्यो ।

गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियन अल आइनले पनि कतारको अल सादसँग एक-एक गोलको बराबरी खेलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *