गगनलाई रविको जवाफ- प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम (भिडिओ) – Nepal Press

गगनलाई रविको जवाफ- प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन् ।

मंगलबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले आफू सहकारी ठग नभएको संसदीय छानबिन विशेष समितिले प्रमाणित गरेको तर्क गरे । यद्यपि समितिले गोरखा मिडियाको रकम खर्च गरेको/गराएकोमा कारवाहीको सिफारिस गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्ने कुरा थाहा भयो ? भन्दै रविले प्रश्न गरे । प्रमाण छ भनेको नभइ महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको उनको टिप्पणी टिप्पणी थियो ।

 

रविले भने, ‘अब सहकारीतिरबाट गोरखा मिडियातिरको कुरा हुन्छ । गोरखा मिडियातिर जान्छ अब । सहकारी त सकियो अब भन्ने मिलेन सहकारी ठग । सहकारी ठग भन्नेकुरा त लगभग सकियो । प्रमाण कस्तो हुन्छ, कस्तो हुनुपर्दछ प्रमाण भन्ने त हामीले भन्नु परेन होला नि ! म कसैको कटाक्ष गर्न आएको होइन । मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा हिजो बडो राम्रोसँग लेख्नुभयो । प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ, मेरो पनि प्रणाम छ, उहाँलाई ।’

सभापति लामिछानेले आफूलाई नङ्ग्याउने नाममा सञ्चारमाध्यमहरू ननाङ्गिन आग्रह गरे ।


प्रतिक्रिया

2 thoughts on “गगनलाई रविको जवाफ- प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम (भिडिओ)

  1. १२ भाइ त टोले गुण्डा जति पनि इज्जत नभएका छन्। टिभिमा तलव खाने, टिभिको लागि सामान किन्दा भुक्तानी लिने सबै ठग भए नि त यदि रविले खर्च गरेको आधारमा सहकारी ठग भन्ने हो भने । सबैलाई ठग भन्ने हिम्मत छ दलालहरूको ? भन्दैनन किनकी अहिलेको समिति भनेकै रविलाई खतम गर्न सकिन्छ कि भनेर ल्याईएको हो । तर समितिले धेरै अध्ययन गरेछ र नियमन गतिलो हुनुपर्छ भनेछ । त्यतातिर कुनै दलालको ध्यान छैन फेरि ।

  2. यो मान्छे आफै कानुन हो कि कसो हो निर्दोष निश्कलङक भए राम्रो हो हुंकार नगरि कन जनता जिजिविसा काे विषयमा आवाज उठाए र खवरदारि गरे हुदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर