बालेनको तस्बिर अंकित टिसर्ट लगाएर इन्द्रजात्रा समारोहमा आएका युवायुवतीलाई प्रहरीले धपायो (भिडिओ) – Nepal Press

बालेनको तस्बिर अंकित टिसर्ट लगाएर इन्द्रजात्रा समारोहमा आएका युवायुवतीलाई प्रहरीले धपायो (भिडिओ)

काठमाडौं । इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा भाग लिन एक दर्जनजति युवायुवती समारोहस्थलबाट निकालिएका छन् । उनीहरूले बालेनको तस्बिर र नाम प्रिन्ट गरिएको टिसर्ट लगाएर आएका थिए ।

समारोह सुरू हुनु अगाडि नै बालेनका समर्थकको चहलपहल बढिरहेको छ । केही युवायुवतीहरूको झुण्डले बालेनको नामको टिसर्ट लगाएर आएपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट फर्कायो । उनीहरूलाई समारोहस्थलबाट पर लगेर छोडिएको थियो । ती युवायुवतीको हुन् र कहाँबाट आएका हुन् भन्ने खुलेको छैन । प्रधानमन्त्री ओलीको विरोध हुनसक्ने सम्भावनालाई ध्यान दिएर निगरानी बढाइएको प्रहरी स्रोत बताउँछ ।

हरेक वर्ष इन्द्रजात्रामा विशिष्ट व्यक्तिहरुको उपस्थितिमा वसन्तपुरमा विशेष समारोह आयोजना हुने गर्छ । यसको आतिथ्यता काठमाडौं महानगरपालिकाले गर्ने गरेको छ । राष्ट्रपतिको समेत उपस्थिति रहने भए पनि अघिल्ला दुई वर्षको इन्द्रजात्रा समारोहका मुख्य आकर्षण बालेन भएका थिए । युवायुवतीहरूले उनको जयजयकार गर्ने गरेका थिए ।

यसपालि भने बालेन सम्भवतः समारोहमा उपस्थित हुने छैनन् । सचिवालयका अनुसार इन्द्रजात्रा समारोह छल्ने रणनीति अनुसार उनी भारतको बैंगलोर गएका थिए । आज उनी फर्किनेछन् । तर, समारोहमा आइनपुग्ने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीसँग सामाजिक सञ्जालमा भिडिरहेकाले उनले आजको समारोह बहिष्कार गर्न लागेका हुन् । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थहरुको उपस्थिति रहनेछ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

6 thoughts on “बालेनको तस्बिर अंकित टिसर्ट लगाएर इन्द्रजात्रा समारोहमा आएका युवायुवतीलाई प्रहरीले धपायो (भिडिओ)

  1. ओलिको विरोध गरे भने तिनलाई समातेर कोच्नुपर्छ । यो साँस्कृतिक भेला हो ।राजनीतिक होईन । दिल्लीको दलालको धेरै म्यू म्यू नगर ।

  2. बालेनले आजको इन्द्रजात्राको कार्यक्रम बहिष्कार गरेका होइनन् के.पी बा लाई बहिष्कार गरेका हुन भनेर बुझ्न र बुझाउन आग्रह…

  3. वालेनले आफ्नो फोटो सहितको टिसर्ट किनिदिएको रहेछ कार्यक्रममा जानको लागि जान दिएको भए हुन्थ्यो, के गर्दथे होलान र

  4. कस्तो गणतन्त्र कस्तो लोकतन्त्र राणा र राजाको शासन भन्दा पनि कडा यहीँ हो त गाउँ गाउँ मा सिहदरवार गरेको फाईदा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *