सिटी एक्सप्रेसले सार्वजनिक गर्‍याे दशैं तिहार योजना – Nepal Press

सिटी एक्सप्रेसले सार्वजनिक गर्‍याे दशैं तिहार योजना

“१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौँ गुणा”

काठमाडाैं ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०८१ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमाआफ्ना ग्राहक वर्गहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा”उपहार योजना घोषणा गरेको छ ।

उक्त कार्यक्रममा र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन,हरेक हप्ता २जनालाई सामसुङको स्मार्ट टि भीसाथै ९० दिन लगातार हरेक दिन १८जना विजेताहरुलाई जनही ५०० को वालेट टप्अप् र अन्त्यमा एक जनाभाग्यशालीबम्पर बिजेतालेआफुले पठाएको रकमको १८ गुणा बढी रकमपाउने योजनामा रहेको छ ।

कम्पनीकाअनुसार यस“१८औं वर्षमा १८ गुणा , परिवार मा खुशी लाखौ गुणौें”अफर असोज १ देखि मङ्सिर ३० गते सम्म लागू हुनेछ । यो अवधि भरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुनेछैन ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १८वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *