मतदाता नामावली दर्ता स्थगित, उपचुनावमा कसले भोट हाल्न पाउँछन् ? – Nepal Press

मतदाता नामावली दर्ता स्थगित, उपचुनावमा कसले भोट हाल्न पाउँछन् ?

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । आगामी मंसिर १६ गतेका लागि स्थानीय तहको उपनिर्वाचत तोकिसकेकाले मतदाता नामावली संकलन कार्य स्थगित गरिएको आयोगले जनाएको छ ।

आइबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार सोमबारसम्म दर्ता नामावलीमात्र मान्य हुनेछ ।

आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको उनले बताए ।

निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानूनी व्यवस्था छ । निर्वाचनको मिति घोषणा भएको अनौपचारिक जानकारी पछि सोमबार बसेको आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय समेत गरिसकेको छ ।

अहिलेसम्म संकलन भएको नामावली निर्वाचन आयोगले वडा तहमा प्रकाशित गर्नेछ र त्यसमा दावी विरोध भए उजुरी दिन आह्वान गर्नेछ र दावी विरोध भए छानबिनपछि अन्तिम नामावली प्रकाशित हुनेछ । त्यही अन्तिम नामावलीमा परेका मतदाताले मात्रै आगामी स्थानीय तहको उपनिर्वाचनमा मतदान गर्न पाउनेछन् ।

३ स्थानीय तहका प्रमुख तथा अध्यक्षसहित ४१ स्थानमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *