अमेरिकी सरकारको आग्रह मान्दै फेसबुकले बन्द गर्‍यो रुसी विश्व च्यानल आरटी – Nepal Press

अमेरिकी सरकारको आग्रह मान्दै फेसबुकले बन्द गर्‍यो रुसी विश्व च्यानल आरटी

काठमाडौं । अमेरिकाले गत शुक्रवार रुसी विश्व च्यानल आरटी लगायतका मिडियाहरूलाई प्रतिबन्ध गरेसँगै अमेरिकी सरकारको आग्रह मानेर फेसबुकले पनि आरटी लगायतका मिडियाहरूलाई प्रतिबन्ध गरेको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार सोमबार कम्पनीले एक सूचना जारी गरेर यस्तो जानकारी सार्वजनिक गरेको हो । वैदेशिक हस्तक्षेपको आरोप लाउँदै यस्तो गर्न लागेको कम्पनीले दाबी गरेको छ ।

आफूलाई विश्वको सामाजिक सञ्जाल र सूचनाको अधिकारको पक्षमा देखाउने फेसबुक, इन्टाग्राम लगायतको छाता कम्पनी मेटाले आरटी प्रतिबन्ध गरेसँगै मेटा विश्वको सामाजिक सञ्जाल नभएर अमेरिकाको सामाजिक सञ्जाल र अमेरिकी सरकारको पक्षको सामाजिक सञ्जाल भएको आरोप लाग्न थालेको छ ।

उसो त अमेरिकी चुनावमा पनि मेटाले रिपब्लिकन पार्टीलाई पक्षपात गरेको आरोप लाग्दै आएको छ ।

पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले सन २०२० मा जस्तै आफूलाई फेसबुकले पक्षपात गरेमा फेसबुक मालिक मार्क जुकरबर्गलाई चुनाव जितेर थुन्ने धम्की दिएका छन्, ट्रम्पले ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर