धनगढीका मेयर हमालले किने स्काईवेलको प्रीमियम ईभी कार – Nepal Press

धनगढीका मेयर हमालले किने स्काईवेलको प्रीमियम ईभी कार

काठमाडौं । धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले इलेक्टिक कार लिएका छन् । मेयर हमालले स्काईवेलको प्रीमियम यसयुभि कार खरिद गरेका हुन् ।

मेयर हामालले नाडा अटो शो २०२४ मा जि.मोटर्स प्रा.लि. स्काईवेलका विद्युतीय सवारीको आधिकारीक वितरकमार्फत १२६ स्काईवेल इ टी ५ (६२०) किमिम बुकिङ गरेका थिए ।

मोटर्स प्रा. लि.का एजिम नबिन फुयाँल र सेल्स अफिसर शिरिष श्रेस्ठले धनगढी नै पुगेर नेपाल कै सर्वाधिक रेन्ज ६२० किमी दिने स्काईवेलको प्रीमियम ईभी डेलिभरी गरेको कम्पनिका कार्यकारी निर्देशकं पारश मणी गेलालले जानकारी दिए।

मेयर हमालले नाडा अटो शोमा उपलब्ध इभीमा स्काईवेल कै प्रीमियम र लङ्ग रेन्ज रोज्नुको कारण चाहिँ नेपालको बाटोमा १९७ यमयम ग्राउन्ड किल्यरेन्स भएको एबम सबै भन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न जिप त्यो पनि ईभी मै प्राप्त र युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त भएकोले रोजेका जि मोटर्स प्रा. लि.का का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले कृतज्ञता एबम धन्यवाद व्यक्त गरेका छन् ।
आगामी दिनमा यस प्रा. लि. ले बिक्री गरेका १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रीमियम ईभीले नेपाली बजार एबम ग्राहकमा सकारात्मक प्रभाव प्रदान गर्नेमा आफू विश्वस्त रहेको जनाए ।

हाल नेपालमा ४० वटा भन्दा बढी स्काईवेलका इटि५–६२० किमि प्रीमियम विद्युतीय यसयुभि बिक्रीबितरण भइसकेका छन् भने नाडामा १२६ र त्यसपछिका बुकिङ्ग गरेर १५० भन्दा बढी बुकिङ रहेको छ । ईटि५, बिई ११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम यसयुभि बिक्रीका लागी उपलब्ध रहेका छन् ।

नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काईवेलका प्रीमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु(भागमा सहजै यात्रा गर्न सक्नेछन् ।

स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *