हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बन्धी ऐनहरु संशोधन हुन्छ: पर्यटनमन्त्री – Nepal Press

हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बन्धी ऐनहरु संशोधन हुन्छ: पर्यटनमन्त्री

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्द ऐनहरु संशोधन हुने बताएका छन् ।

नेपाल पर्वतारोहण संघको ३४ औं वार्षिक साधारण सभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै हाल संसद अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेशनबाट बिभिन्न ऐनहरुलाई अघि बढाउने बतएका हुन् ।

पर्यटन, संस्कृति,हवाई उड्यन, लगायतका नीतिहरु परिमार्जन गर्न खोजिरहेको उहाले जानकारी दिए । त्यस्तै उनले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा परिमार्जनका लागि सुझाव दिन आग्रह गरे । उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको अवस्थामा तत्परताका साथ लाग्ने धारणा राखे ।

मन्त्री पाण्डेले मुलुकको दुई पार्टीको सिण्डीकेट नभइ मुलुक बनाउनका लागि सबै दलहरुलाई जोड्दै अघि बढ्न चाहेको उल्लेख गरे ।

उनले अहिलकोे सरकार ८४ सम्म चल्ने र मुलकको समृद्धि र विकासका लागि काम गर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *