एक महिनामा बैंकहरूकाे नाफा ९ अर्ब बढी- ग्लोबल आइएमइ एक्लैको करिब १ अर्ब, अरुकाे कति ? – Nepal Press

एक महिनामा बैंकहरूकाे नाफा ९ अर्ब बढी- ग्लोबल आइएमइ एक्लैको करिब १ अर्ब, अरुकाे कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले एक महिनामै (साउनमा) ९ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले नेपालका २० वाणिज्य बैंकले ९ अर्ब १७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको जनाएको छ ।

गत वर्षको यसै अवधिमा बैंकहरुले ८ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बढी नाफा कमाएका थिए । यस आधारमा हेर्दा चालु आर्थिक वर्षको पहिलो महिनामा बैंकहरुको नाफा गत वर्षभन्दा बढेको छ ।

एक महिनामै करिब १ अर्बको हाराहारीमा ग्लोबल आइएमइ बैंकले नाफा कमाएको छ । यो बैंकको नाफा ८९ करोड २० लाख रुपैयाँ रहेको छ । दोस्रो बढी नाफा कमाउँनेमा नबिल बैंक रहेको छ नबिलले ८० करोड बढी नाफा गरेको छ ।

नेपाल बैंक र माछापुछ्रे बैंकले भने सबैभन्दा कम नाफा गरेका छन् । नेपाल बैंकले २२ करोड ३० लाख रुपैयाँ र माछापुछ्रेले २० करोड २० लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, एनआइसी एशियाको पनि नाफा कम छ । यो बैंकले एक महिनामा २६ करोड ६० लाख रुपैयाँ कमाएको हो ।

कुन बैंकको नाफा कति ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *