स्थानीय तहका ४१ पदमा उपनिर्वाचनको पाली, कुन दलबाट जितेका कति ठाउँ खाली ? – Nepal Press

स्थानीय तहका ४१ पदमा उपनिर्वाचनको पाली, कुन दलबाट जितेका कति ठाउँ खाली ?

काठमाडौं । आगामी मंसिर १६ गतेका लागि सरकारले स्थानीय तहको उपनिर्वाचनको मिति तय गरिसकेको छ । त्योसँगै उपचुनावको तयारी अघि बढिसकेको आयोगले जनाएको छ ।

उपनिर्वाचनको मिति तोकिएसँगै मतदाता नाम दर्ता कार्य बन्द गरिएको र मतदाता नामावली अद्यावधिकको काम बुधबारदेखि अघि बढाउने तयारी भइसकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार त्यसपछि क्रमश: दल दर्ताका लागि आह्वान गर्ने काम अघि बढाइने, सामाजिक सञ्जाल व्यवस्थापनको काम अघि बढाइने र निर्वाचन कार्यतालिका सार्वजनिक गरिनेछ ।

निर्वाचन आयोगको विवरणअनुसार सबैभन्दा बढी नेपाली कांग्रेसबाट निर्वाचित २ जिल्ला समन्वय समिति प्रमुख र ३ पालिका प्रमुख तथा अध्यक्षसहित २४ स्थान रिक्त भएका स्थानमा उपनिर्वाचन हुँदैछ । जसमा नगर प्रमुख एक र दुई गाउँपालिका अध्यक्ष छन् ।

कीर्तिपुर नगरपालिकाको मेयरका लागि उपचुनाव हुँदैछ । मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष पनि नयाँ चुनिँदैछ । कांग्रेसबाटै निर्वाचित भई रिक्त जाजरकोटको नलगाढ नगरपालिकामा उपप्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदकाे लागि पनि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समिति ओखलढुंगा र जिल्ला समन्वय समिति कैलालीमा रिक्त रहेको प्रमुख पदका लागि निर्वाचन हुँदैछ ।

दोस्रोमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित ८ रिक्त पदमा उपनिर्वाचन हुँदैछ । माओवादीले यसअघिको निर्वाचनमा जित हासिल गरेको हुम्लाको सर्केगाड गाउँपालिका र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पद रिक्त भएपछि उपनिर्वाचन हुँदैछ ।

यस्तै नेकपा एमालेबाट निर्वाचित ७ वडा अध्यक्ष पद रिक्त भएपछि उपनिर्वाचन हुँदैछ । जनता समाजवादी पार्टी (जसपा) को एक र स्वतन्त्र एक गरेर दुई अध्यक्ष जितेको वडामा रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो ।

कहाँ-कहाँ हुँदैछ निर्वाचन ?

नेपाली कांग्रेसबाट निर्वाचित २ रिक्त जिल्ला समन्वय समिति प्रमुख

१. ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुख – डिल्लीराम खनाल

२. कैलाली जिल्ला समन्वय समिति प्रमुख – पदमबहादुर कलेल

नेपाली कांग्रेसबाट रिक्त ३ प्रमुख तथा अध्यक्ष

१. काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख – राजकुमार नकर्मी

२. मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष – जयप्रसाद गच्छदार

३. दैलेखको महाबु गाउँपालिका अध्यक्ष – लक्ष्मण गुरुङ

नेपाली कांग्रेसबाट निर्वाचित रिक्त ३ उपप्रमुख तथा उपाध्यक्ष

१. जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख – सरिता सिंह

२. दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष – श्याम तामाङ

३. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष – मैना जोशी

नेपाली कांग्रेसबाट स्थानीय तहमा रिक्त १६ वडाध्यक्ष

१. तेह्रथुमको लालीगुराँस नगरपालिका ८ नम्बर वडा अध्यक्ष – तेजमान लिम्बू

२. ओखलढुंगाको मोलुङ गाउँपालिका ५ नम्बर वडा अध्यक्ष – गोपीकृष्ण कार्की

३. उदयपुरको त्रियुगा नगरपालिका १२ नम्बर वडा अध्यक्ष – चुडाराज काफ्ले

४. उदयपुरकै बेलका नगरपालिका ९ नम्बर वडा अध्यक्ष – पदम खड्का

४. सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ नम्बर वडा अध्यक्ष – हरिप्रसाद राय

५. धनुषाको धनुषाधाम नगरपालिका १ नम्बर वडा अध्यक्ष – विश्वनाथ यादव

६. रौतहटको राजपुर नगरपालिका ६ नम्बर वडा अध्यक्ष – शेख आलम

७. काठमाडौंको कीर्तिपुर नगरपालिका १ नम्बर वडा अध्यक्ष – हिरालाल महर्जन

८. काठमाडौंको काठमाडौं महानगरपालिका १६ नम्बर वडा अध्यक्ष – मुकुन्द रिजाल

९. नुवाकोटको ककनी गाउँपालिका २ नम्बर वडा अध्यक्ष – तिलक लामा

१०. गुल्मीको मुसिकोट नगरपालिका १ नम्बर वडा अध्यक्ष – मोहन घिमिरे

११. रोल्पाको रुन्टीगढी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष – टेकबहादुर पुन

१२. बर्दियाको ठाकुरबाबा नगरपालिका ४ नम्बर वडा अध्यक्ष – सूर्यबहादुर विष्ट

१३. रुकुम पश्चिमको सानोभेरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष – अलबहादुर खत्री

१४. डोटीको पूर्वीचौकी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष – पुष्पराज जोशी

१५. कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडा अध्यक्ष – महेन्द्र भट्ट

नेकपा माओवादी केन्द्रबाट निर्वाचित रिक्त २ गाउँपालिका उपाध्यक्ष

१. हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष – चन्द्रसिंह कार्की

२. रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष – भुपिन्द्रा बुढा

नेकपा माओवादी केन्द्रबाट निर्वाचित रिक्त ६ वडाध्यक्ष

१. महोत्तरीको रामगोपालपुर नगरपालिका २ नम्बर वडा अध्यक्ष – मुकेशकुमार यादव

२. मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा अध्यक्ष – ललित घलान

३. कालीकोटको तिलागुफा नगरपालिका ४ नम्बर वडा अध्यक्ष – परबहादुर शाही

४. जाजरकोटको कुसे गाउँपालिका ७ नम्बर वडा अध्यक्ष – मनबहादुर घर्ती

५. दार्चुलाको दुहुँ गाउँपालिका ५ नम्बर वडा अध्यक्ष – मनोरथ भट्ट

६. रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका २ नम्बर वडा अध्यक्ष – जसबहादुर श्रीपाली

नेकपा एमालेबाट निर्वाचित ७ वडाध्यक्ष

१. झापाको कन्काई नगरपालिका ६ नम्बर वडा अध्यक्ष – दीर्घबहादुर थापा

२. सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष – शडानन्द उराब

३. रौतहटको ईशनाथ नगरपालिका ७ नम्बर वडा अध्यक्ष – शेखखली उल्लाह

४. गोरखाको गोरखा नगरपालिका ५ नम्बर वडा अध्यक्ष – खिलबहादुर राना

५. दैलेखको दुल्लु नगरपालिकाको १३ नम्बर वडा अध्यक्ष – बिर्खबहादुर शाही

६. डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ नम्बर वडा अध्यक्ष – नन्दलाल रोका

७. बझाङको सुर्मा गाउँपालिका ४ नम्बर वडा अध्यक्ष – सर्जन बोहोरा

जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित रिक्त १ वडाध्यक्ष

१. रौतहटको गढीमाई नगरपालिका ८ नम्बर वडा अध्यक्ष – रामाग्य राय

स्वतन्त्रबाट निर्वाचित एक वडा अध्यक्ष

१. काठमाडौंको कीर्तिपुर नगरपालिका ४ नम्बर वडा अध्यक्ष – श्यामकुमार अधिकारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *