इन्द्रजात्रा समारोहमा मेयर साह अनुपस्थित, उपमेयर डंगोलले गरिन् महानगरको नेतृत्व (भिडिओ) – Nepal Press

इन्द्रजात्रा समारोहमा मेयर साह अनुपस्थित, उपमेयर डंगोलले गरिन् महानगरको नेतृत्व (भिडिओ)

काठमाडौं । इन्द्रजात्राका अवसरमा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित राज्यका उच्च पदस्थहरु समारोहमा उपस्थित छन् ।

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह भने समारोहमा अनुपस्थित रहे । उनले अघिल्लो वर्ष इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने भन्दै विदेशी अतिथिहरुलाई पनि बोलाएका थिए । तर, यसपालि आफैंले अघोषित बहिष्कार गरेका छन् । इन्द्रजात्रा छल्नकै लागि बालेन भारतको बैंगलोर पुगेको सचिवालयको दाबी छ ।

आज उनी फर्किने सेड्यूल भए पनि इन्द्रजात्रामा सहभागी नहुने निधो थियो ।

समारोहमा बालेनका केही समर्थकहरु उनको नाम र तस्विर अंकित टिसर्ट लगाएर पुगेका थिए । कार्यक्रम सुरु नहुँदै पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

इन्द्रजात्रा समारोहमा काठमाडौं महानगरको नेतृत्व उपमेयर सुनीता डंगोलले गरिन् । उनले राष्ट्रपतिसहित विशिष्ट पाहुनाहरुलाई स्वागत गरेकी थिइन् ।


प्रतिक्रिया

One thought on “इन्द्रजात्रा समारोहमा मेयर साह अनुपस्थित, उपमेयर डंगोलले गरिन् महानगरको नेतृत्व (भिडिओ)

  1. सुनिता हुन् काठमान्डू सभ्यता को चिनारी, काठमान्डूको नेतृत्व, अनि भविस्य पनि !!
    काठमान्डू सक्ष्यम छ आफै उभिन, आफैं सुधारिन र बन्न !!
    इन्द्र जात्रा आज कत्ति सभ्य, शान्त र ब्येवास्थित अनि भयो नेपालीको परम्परागत अद्भुत ‘चाड’ जस्तो !!
    बधाई सुनिता, बधाई काठमान्डू, बधाई नेपाली !!!
    यस्तो हुन्थ्यो त नत्र ……… ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *