दाङको पशुपति माविमा लुट : एसईईको सर्टिफिकेटमा १० हजार असुल – Nepal Press

दाङको पशुपति माविमा लुट : एसईईको सर्टिफिकेटमा १० हजार असुल

दाङ । तुलसीपुरको पशुपति मावि हरीपौरीले सर्टिफिकेटका नाममा विद्यार्थी सँग चर्को रकम असुल गरिरहेको छ । एसईई पास गरेका विद्यार्थीसँग विद्यालयले सर्टिफिकेटका नाममा प्रतिविद्यार्थी १० हजार रूपैयाँ असुल गरेको पाइएको हो ।

विद्यालयले यसरी चर्को रकम असुल्न थालेपछि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले सर्टिफिकेट निकाल्न नसक्ने अवस्था आएको छ ।

´मसँग १० हजार पैसा छैन । अब कसरी छोराको सर्टिफिकेट निकाल्ने ?` एक अभिभावकले भने ।

विद्यालयले सर्टिफिकेटबापत पाँच हजार र सहयोग शीर्षकमा ५ हजार गरी १० हजार रूपैयाँ असुल गरिरहेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीले विद्यालयले लिएको रकम स्वाभाविक भएको दाबी गरे ।

´हामीले विद्यालयका लागि त्यति रकम लिएका हौँ । सरकारी विद्यालयलाई निरूत्साहित गर्न यसलाई गलत प्रचार गरिएको छ`, अधिकारीले भने ।

तुलसीपुर उपमहानगरको शिक्षा शाखाले एसईईको सर्टिफिकेट बापत ३ हजार रूपैयाँभन्दा बढी लिन नपाइने र कसैले बढी रकम असुलेमा कारवाही गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *