ओलीजी र म प्रजातन्त्रको लागि सँगै जेल बसेका हौं, प्रदेश संरचना हटाउन सकिन्न: देउवा (भिडिओ) – Nepal Press

ओलीजी र म प्रजातन्त्रको लागि सँगै जेल बसेका हौं, प्रदेश संरचना हटाउन सकिन्न: देउवा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली प्रजातन्त्रको खिलाफमा नभएको बताएका छन् । संविधानको एक दशक, कार्यान्वयन र चुनौती विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले आफूले विद्यार्थी कालदेखि नै प्रजातन्त्रको लागि लडेको बताए ।

 

उनले भने, ‘ओलीजी प्रधानमन्त्री भएपछि उहाँले संविधानमा संशोधन गर्नुपर्ने कुरा भन्नुभएको छ । त्यो प्रजातन्त्रको खिलाफमा चाहिँ होइन । प्रजातन्त्रलाई अझ मजबुद बनाउनको लागि संविधानमा सुधार हुन्छ। हामी सबै प्रजातन्त्रको लागि लडेको पार्टी हो । ओलीजीलाई पहिलो पटक मैले जेलमा भेटेको हो । हामी प्रजतान्त्रको लागि विद्यार्थी कालदेखि नै लडेर आएका हौं । जेलनेल सबै भोगेका पार्टी हौं । प्रजातन्त्रको खिलाफमा कुनै काम हुँदैन । यसलाई कसरी जनताको जवाफदेही बनाउने भन्ने कुरा भएको छ ।’

उनले चुनाव आफैं जित्न नसक्ने समुुदायलाई ल्याउन समानुपातिक प्रणाली आवश्यक भएको बताए ।

उनले थपे, ‘प्रदेश संरचना बनिसकेको छ । यसलाई हटाउन सक्ने स्थिति छैन । यसलाई कसरी उत्तरदायी बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ भनेर सोच्न सकिन्छ । समानुपातिकको विषयमा कुरा उठेको छ । तर, समावेशीको विषयमा कुरा उठेको छैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर