डाेटीकाे सिद्धेश्वर माविलाई सधैं बाढीकै त्रास
डोटी । गत बिहीवार साँझदेखि दर्के पानी पर्न सुरु भयो । भोलिपल्ट बिहानसम्म सेती नदीमा पानीको बहाव बढ्यो । नदीमा पानी बढ्दा शिक्षक-विद्यार्थीहरुको त्रसित भयो । बिहिवार साँझसम्म पनि पानी नरोकिने देखेपछि शिक्षकहरुका अगाडि विद्यार्थीलाई घर पठाएर आफु अन्तै ओत लाग्न जानुको बिकल्प रहेन ।
यो हो डोटी, शिखर नगरपालिका–१० बानेडुंग्रीसैनमा रहेको सिद्धेश्वर माविको घटना । विद्यालयमा अध्ययनरत करिब सात सय विद्यार्थीहरु प्रत्येक वर्ष बाढीकै त्रासमा पठनपाठन गर्छन् । त्यसमध्ये ५० विद्यार्थीहरु विद्यालयकै छात्रबासमा बस्छन् । शिक्षक कर्मचारीहरु पनि विद्यालयमै बस्छन् ।
‘जसजसै दर्केर पानी पर्छ, चिन्ता बढ्दै जान्छ’ विद्यालयका प्रधानाध्यापक महेशराज भट्ट भन्छन् ‘आफ्नो र बिद्यार्थीहरुको ज्यान जोखिममा राखेर बिद्यालय सञ्चालन गरिरहनु परेको छ ।’
सेती नदीले कटान गर्दै बिद्यालयको छेउैमा पुग्दा २०७८ सालको बर्षातमा त बिद्यालयका कक्षाकोठा भित्रैसम्म नदीको पानी पसेको थियो । यसपाली पनि बिद्यालयको डिलमा पानी पुगेको प्रधानाध्यापक भट्टको भनाई छ । उनी थप्छन् ‘यदि शनिवार पनि साँझसम्मै पानी परेको भए बिद्यालय डुवानमा पथ्र्यो ।’ राम्रोसंग तटवन्धन भएन भने अर्को बर्षात् भन्दा पहिल्लै बिद्यालय अन्तै सार्नु पर्ने अवस्था आउने उनी बताउँछन् ।
शिक्षक र बिद्यार्थीहरुमात्रै हैनन्, नदीमा पानी बढ्दै गएपछि अभिभावकहरुमा पनि त्रास फैलिन्छ । ‘नदीले कटान गर्दागर्दै बिद्यालयको छेउमै पुगिसकेको छ, त्यही बिद्यालयमा बालबालिकाहरु पढ्दैछन्’, स्थानीय सानुमाया बलायर भन्छिन् ‘के पो हुन्छ भन्ने त्रास रहिरहन्छ मनमा ।’ उनी बालबालिकाहरुका लागि अर्को बिकल्प पनि नभएको वताउँछिन् ।
नदीले बर्षेनी उर्वरक जमिन पनि कटान गर्दै लगेको सानुमाया बताउँछिन् । उनी भन्छिन् ‘यस्तै हो भने गाउँनै जोखिममा पर्न सक्छ ।’ नदी कटान रोक्नका लागि सेती नदी र कोराल खोलाको संगम (गहनान) बाटै व्यवस्थित रुपमा तटबन्धन गरिनु पर्ने उनको भनाई छ । यसपालि गहनान क्षेत्रमा गरिएको तटवन्धनले केही सहयोग पुगेको वताउँदै उनले बिद्यालय र बस्ती क्षेत्रसम्मै यसरीनै तटवन्धन गरिनु पर्ने बताइन् ।
अर्का स्थानीय चक्रवहादुर बलायरको भनाई पनि उस्तै छ । उनी भन्छन् ‘यसपाली पनि बिद्यालयसंगै जोडिएको बाटो वगायो, बर्षेनी त्रास मात्रै छ ।’
उनी यदि राम्रोसँग तटबन्धन भएमात्रै विद्यालय यो ठाउँमा रहन सक्ने नत्र अन्तै सार्नु पर्ने वताउँछन् । ‘हिजो अस्तीको झरीमा पनि बिद्यार्थीहरुलाई रुज्दैभिज्दै घर पठाउनु पर्ने अवस्था भयो, बिद्यालयका कागजपत्रहरु बोकेर अन्तै लैजानु पर्ने वाध्यता भयो’ चक्र भन्छन् ‘नदी बिद्यालयको छेउमै पुगेको छ, कतिबेला के हुन्छ पत्तै हुँदैन ।’
नदी कटान बढ्दै गएपछि बिद्यालयसंगै रहेका साविकको बन्लेक गाउँ विकास समितिको कार्यालय र बन्लेक स्वास्थ्य चौकीलाई एक दशकअघिनै अन्तै सारिएको थियो । सोही स्थानमा रहेको सामुदायिक भवन खाली गरियो ।
तर बिद्यालयलाई सार्ने वा बिद्यालयलाई नदी कटानबाट रोक्ने गरी कुनै ठोस् काम भएन । ‘बर्षेनी १२÷१५ ग्याविन जाली लाउँछन्, बर्षात् सुरु भएसंगै त्यो ग्याविन नदीले वगाएर लैलान्छ’ एक स्थानीय भन्छन् ‘अलि व्यवस्थित ढंगले नदी नियन्त्रणको कार्यक्रम गर्नु जरुरी छ ।’ गएको आर्थिक बर्षमा भएको नदी नियन्त्रणको कामले केही सहयोग पुगेको भएपनि त्यो थोरै मात्रामा भएको उनको भनाई छ ।
गत बर्ष महाकाली नदी नियन्त्रण कार्यालय, पाटन बैतडीबाट ५० लाखको लागतमा गहनान क्षेत्रमा तटवन्धनको काम भएको कार्यालय प्रमुख दिनेश प्रसाद आचार्यले वताए । उनले चालु आर्थिक बर्षमा सो योजनाका लागि १० लाख मात्रै वजेट बिनियोजन भएको आचार्यले वताए । उनी भन्छन् ‘यो १० लाखले त कति काम होला र ?