च्याम्पियन्स लिग : एसी मिलानविरुद्ध लिभरपुलको जित – Nepal Press

च्याम्पियन्स लिग : एसी मिलानविरुद्ध लिभरपुलको जित

हेटौँडा । च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा इटालियन एसी मिलान विरुद्ध इङलिस क्लब लिभरपुलले पुनरागमन जित निकालेको छ ।

गएराती भएको खेलमा एसी मिलान विरुद्ध ३-१ ले पराजित गर्दै लिभरपुल विजयी भएको हो ।

मिलानको घरेलु मैदानमा भएको खेलमा मिलानले खेलको तेस्रो मिनेटमानै पहिलो अग्रता लिएको थियो । पुलिसिचले खेलको तेस्रो मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

मिलानको अग्रतासँग खेलको २३ औँ मिनेटमा बराबरी गर्दै इब्रहिमा कोनटाले गोल गरे ।

खेलको ४१ औँ मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुलले खेलमा २-१ को अग्रता बनायो ।

प्रतिस्पर्धात्मक खेलको ६७ औँ मिनेटमा डेमेनिकले गोल गरेपछि लिभरपुल ३-१ ले विजयी बन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *