कोशीका मुख्यमन्त्रीले आज दोस्रो पटक विश्वासको मत लिँदै – Nepal Press

कोशीका मुख्यमन्त्रीले आज दोस्रो पटक विश्वासको मत लिँदै

विराटनगर । माओवादीले समर्थन र विश्वासको मत फिर्ता लिएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।

गत वैशाख २७ गते माओवादी र एमालेका प्रदेश सभा सदस्यको समर्थनमा कार्की मुख्यमन्त्री भएका थिए ।

संविधानको धरा १६८(५) अन्तरगत मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई माओवादी भदौ १४ गते समर्थन र विश्वासको मत फिर्ता लिएको थियो ।

सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएसँगै कोशीमा पनि गठबन्धन परिवर्तन भएको थियो । कोशीमा पनि काँग्रेस र एमाले मिलेर सत्ता साझेदारी गर्ने तयारी गरेपछि माओवादीका ३ मन्त्री र एक राज्यमन्त्रीले साउन ११ गते राजीनामा दिएका थिए ।

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा तेस्रो पटक नियुक्त भएका कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

गठबन्धन परिवर्तन भएसँगै अहिलेको सरकारसँग दुई तिहाइ बहुमत रहेको छ । कोशी प्रदेश सभामा एमालेका सभामुख सहित २० र नेपाली काँग्रेसका २९ जना प्रदेश सभा सदस्य रहेका छन् ।

संविधानको धारा १६८ (५) मुख्यमन्त्री बनेका कार्कीको पक्षमा दुई तिहाइ बहुमत छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर