पत्रकार महासंघकै कार्यालयमा टाँसियो कार्यवाहक अध्यक्ष र महासचिव हराएको सूचना – Nepal Press

पत्रकार महासंघकै कार्यालयमा टाँसियो कार्यवाहक अध्यक्ष र महासचिव हराएको सूचना

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी हराएको सूचना महासंघको कार्यालयमा नै टाँसिएको छ ।

सञ्चारग्राममा रहेको महासंघको कार्यालयमा ढोकामा कार्यवाहक अध्यक्ष र महासचिवको तस्बिर फ्ल्याक्स प्रिष्ट गरेर टाँसिएको हो ।

सूचनामा गैर पत्रकारलाई सदस्यता वितरण गरेको दिन २०८१ भदौ २९ गतेदेखि हराएको भन्दै भेट्नु हुने महानुभावले आफ्नो नजिकको क्रियाशील पत्रकार वा पत्रकार महासंघको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

पत्रकार महासंघले भदौ २९ गते असोज १२ गते महासंघको निर्वाचन गर्ने गरी निर्वाचन कार्यतालिका र मतदाता नामावली सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *