राजाहरूले ऐस आराम र परिवारबाहेक केही नहेरेकाले हामी शिक्षामा पछि पर्‍यौँ : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

राजाहरूले ऐस आराम र परिवारबाहेक केही नहेरेकाले हामी शिक्षामा पछि पर्‍यौँ : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समय शासन गरेका राजाहरूले आफू र आफ्नो परिवारको ऐस, आराममाात्र हेरेकाले शिक्षा कमजोर भएको बताएका छन् ।

 

शिक्षा दिवसको कार्यक्रममा बोल्दै उनले शाह र राणा वंशको समयमा कहिले शिक्षाको अवसर नै नपाएको बताए ।

उनले भने, ‘हामीले राणाहरूलाई दोष दिन्छौं १०४ वर्ष त राणाको भयो १९०३ देखि, तर जंगबहादुर आएपछि १९१० मा दरबार हाइस्कुल त खोले नि ! केही पोजेटिभ काम त भयो नि ! त्यसभन्दा अगाडि किन राजाहरुले खोलेनन् ? आफू र आफ्नो परिवारको ऐस, आराम, आफ्नो शासनबाहेक केही पनि हेरेनन् । सामन्ती शासन यो होस् त्यो होस् उनीहरू जनताको निम्ति काम गर्दैनथे, गरेनन् । २१ सालमा पुगेपछि आफूले गरेको लोकतन्त्रविरोधी कदमलाई पुष्टि गर्नको लागि ठूलाठूला सुधारका काम गरे । त्यही अन्तर्गत अनिवार्य एवम् नि:शुल्क शिक्षा भनेर सुरू गरे २०२१ मा ।’

उनले शिक्षा पछाडि परेको भन्दै सीप र अनुसन्धानको विषयमा विशेष काम गर्नुपर्ने बताए । आउँदो एसईईको नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्‍याउन नीतिगत पहल सुरू भइसकेको ओलीले बताए । त्यसका लागि अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषय पढाउने योजना उनले सुनाए ।

उनले भने, ‘हामीसँग कुरा मात्रै गरेर बस्ने समय छैन । शिक्षा, ज्ञान, तप, योग, सभ्यता, संस्कृति रहेको यस भूमिको शिक्षा अब पछाडि परिरहन सक्दैन । सात सालको प्रजातन्त्रको स्थापनासँगै नेपालमा गाउँ गाउँमा स्वतःस्फुर्तरुपमा शिक्षा विकासको लहर चलेको थियो तर हामी जति अगाडि बढ्नुपर्ने थियो, त्यति अघि बढ्न सकेका छैनौँ । राणा र राजाहरुले आफ्नो ऐस आराम र शासनमा मात्रै बढी रमाएका थिए । अहिले गणतन्त्र आइसकेको छ । यस व्यवस्थाको शिक्षालाई पछाडि पर्न नदिनु हामी सबैको दायित्व हो ।’


प्रतिक्रिया

One thought on “राजाहरूले ऐस आराम र परिवारबाहेक केही नहेरेकाले हामी शिक्षामा पछि पर्‍यौँ : प्रधानमन्त्री (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर