श्रम मन्त्रालयलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न सूचना आयोगको आदेश – Nepal Press

श्रम मन्त्रालयलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न सूचना आयोगको आदेश

काठमाडौं । राष्ट्रिय सूचना आयोगले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

सूचनाको हकमा टेकेर मन्त्रालयले श्रमाधान मेलाको विषयमा मागेको तथ्यांक उपलब्ध नगराएपछि नेपाल प्रेसकर्मी केशव भुलले आयोगमा साउन ५ गते पुनरावेदन गरेकोमा आयोगको भदौ २७ गते बसेको बैठकले मन्त्रालयलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

नेपाल प्रेसकर्मी भुलले सूचनाको हकअनुसार गत जेठ २९ गते श्रमाधान मेलाको विषयमा मन्त्रालयका सूचना अधिकारीसँग सूचना मागेका थिए । ३५ दिनसम्म पनि सूचना अधिकारीले सूचना उपलब्ध नगराएको भन्दै मन्त्रालयका सचिवसमक्ष सूचना उपलब्ध गराउन गत साउन २० गते निवेदन दिएका थिए ।

मन्त्रालयका सचिवले पनि सूचना उपलब्ध नगराएपछि राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरिएको थियो । नेपाल प्रेसकर्मीसहित आयोगको भदौ २७ को बैठकबाट विभिन्न ४४ वटा निकायलाई विभिन्न आदेश दिएको छ ।

जसमा १९ वटा निकायलाई सूचनाको हक सम्बन्धी ऐनको दफा १० को उपदफा २ बमोजिम ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ भने १० वटा निकायलाई दफा १० को उपदफा ३ बमोजिम सूचना उपलब्ध गराउन आदेश दिएको छ ।

यस्तै १५ वटा निकायलाई थप आदेश गर्नुनपर्ने आदेश दिएको प्रमुख सूचना आयुत्तः महेन्द्रमान गुरुङले नेपाल प्रेसलाई जानकारी दिए ।

आदेश:

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *