महिला लिग: नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका बराबरीमा राेकियाे – Nepal Press

महिला लिग: नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका बराबरीमा राेकियाे

काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकासँग बराबरी खेलेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकासँग गोलरहित बराबरी खेलेको हो ।

खेलको ७० मिनेटमा चन्द्रपुरले पेनाल्टी पाएपनि गोल भने हुन सकेन । बराबरीसँगै पुलिसले ६ खेलबाट १२ अंक जोडेको छ । चन्द्रपुरले भने समान खेलबाट सात अंक जाडेको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागीता रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *