स्थानीय तह उपनिर्वाचन: असोज १० देखि १६ सम्म राजनीतिक दल दर्ता – Nepal Press

स्थानीय तह उपनिर्वाचन: असोज १० देखि १६ सम्म राजनीतिक दल दर्ता

काठमाडाैं । आगामी मंसिर १६ मा तय भएको स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत भएको छ । आयोगले उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयले सम्पादन गर्ने कामलाई समयवद्ध रुपमा समावेश गरी बिहीबार बसेको आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको हो ।

स्वीकृत कार्यतालिका अनुसार राजनीतिक दलको दर्ताको सूचना असोज ९ मा प्रकाशन गरी १० देखि १६ सम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्यतालिका रहेको छ आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार असोज १६ भित्र दल दर्ता भएपछि असोज २० मा दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गर्ने कार्यतालिका रहेको छ ।

आयोगले आगमी कात्तिक २६ मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कात्तिक ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ देखि निर्वाचन कार्यक्रम संचालन गर्दै मंसिर १६ मा मतदान गर्ने लगायतका ६२ वटा वटा क्रियाकलाप सहित निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *